योग्यता र प्रदर्शनमा आधारित बीमा गर्न आवश्यकः धितोपत्र बोर्ड अध्यक्ष हमाल

योग्यता र प्रदर्शनमा आधारित बीमा गर्न आवश्यकः धितोपत्र बोर्ड अध्यक्ष हमाल


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले नेपालका बीमा कम्पनीहरुले कुनै पनि क्षेत्रको बीमा गर्दा त्यस क्षत्रको योग्यता र प्रदर्शनमा आधारित गर्न बीमा गर्न आवश्यकस रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित बृहत् आर्थिक संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स–२०२३’ को उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘बीमा क्षेत्रमा जुन ग्याप देखिन्छ त्यसलाई कम गर्न अन्तर्राष्ट्रिय बजारमा योग्यता र प्रदर्शनको आधारमा बीमा गर्ने चलन रहेको छ । तर हाम्रो देशमा हेर्ने हो भने हामी पहिले फण्डामेन्टल चरण पार नगरीकन माथिल्लो चरणमा पुग्ने प्रयत्न गरिरहेका छौ । संसारमा जुनसुकै कुरा प्राप्ती गर्न सक्षम वातावरण बनाउन एकदमै जरुरी रहेको छ । त्यसैले, हामे देशको जुन बीमा क्षेत्र रहेको छ यसको महत्व र भुमिका असाध्यै उल्लेखनिय रुपमा वृद्धि भएको छ र यसको प्रभाव आम जनमानसमा बढ्दो छ तथा जनताले फाइदा पनि उठाई रहेका छन् । तर, बीमाको ग्याप हेर्ने हो भने हामी अहिले त्यहासम्म पुग्न सकेकै छैनौ ।’ 

उनले थप भने, ‘यस्तो अवस्था आउनुमा हाम्रो बीमा क्षेत्र अहिले पनि पुरा रुपमा मेरिट प्रणलीमा छैनौं र अहिले पनि नेपालमा बीमाको प्राइजिङ्गलाई अन्तराष्ट्रिय मार्केटसँग तुलना गर्यौ भने जुनसुकै लेभलको बीमा होस् ति सबै ठाउँमा मेरिट पर्फमन्समा आधारीत प्राइजिङ्ग रहेको छैन ।’ उनले भने, ‘विकसित देशमा हेर्ने हो भने अहिले बीमामा सेल्फ सभिर्सको अवधारणा आएको छ जसले इन्स्योरेन्स कम्पनी र सर्वसाधारणको दुरीलाई घटाउने काम गर्दछ । त्यस्तै, बीमामा आर्टिफीसियल इन्टेलिजेन्स (एआई) को अवधारणा समेत प्रचलनमा आइ सकेको छ । तसर्थ नेपालका बीमा कम्पनीहरु आफैले पनि योग्यता र प्रदर्शनमा आधारित रहेर बीमा संचालन भएको छ कि छैन भनेर मुल्याङ्कन अत्यन्त जरुरी रहेको छ ।’