बैंकिङ्ग समाचार, काठामाडौं ।
बीमा कसैले बुझ्दै बुझेन भन्नु आजको दिन भ्रम रहको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन्। आज बृहत् आर्थिक संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स–२०२३ उद्घाटन सत्रमा बोल्दै यस्तो बताएका हुन्।
साथै बीमाको बारेमा नेपालको सबैलाई जानकारी भएको उनले बताए।‘बीमाको बारेमा नेपालको सबैलाई जानकारी छ उनले भने। मलाई लाग्दैन बीमाको बारेमा नसुनेको नबुझेको कोही छैन्। आजको दिनमा हुम्लाको कुनै विकट गाउँमा पनि बीमाको कार्यक्रम चलिरहेको छ। हामी दुई वर्षको अवधिमा करिब ३ सय स्थानीय तहमा पुगिसकेका छौं। स्थानीय सरकारसँग हामीले बीमाको बारेमा विशेष रुपमा कुरा गरेका छौ। त्यसकारणले बीमाको बरेमा जानकारी नै छैन र बीमा कसैले बुझ्दै बुझेन भन्नु आजको दिन भ्रम रहेको’ उनले बताए।





About Us
प्रतिक्रिया