नेपालमा बीमा सचेतना अत्यन्तै न्युनः नेपाल लाइफ निर्देशक कमलेश कुमार अग्रवाल

नेपालमा बीमा सचेतना अत्यन्तै न्युनः नेपाल लाइफ निर्देशक कमलेश कुमार अग्रवाल


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्सका निर्देशक कमलेश कुमार अग्रवालले नेपालमा बीमा सम्बन्धी सचेतना अत्यन्तै न्युन रहेको जनाएका छन् । आज काठमाडौंमा आयोजित बृहत् आर्थिक संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स–२०२३’ को उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘शहर बजारका पढेलेखेका मान्छेहरुमा नै बीमाको बारेमा सचेतना छैन, यसरी हेर्दा हाम्रो देशको दुरदराजका मानिसमा बीमा सचेतना कति रहेको छ भन्ने प्रस्ट नै हुन्छ । तसर्थ, केन्द्रिय सरकारदेखि लिएर स्थानिय सरकारसम्मले तथा सम्बन्धीत निकायहरु जस्तै बीमा प्रधिकरण, राष्ट्र बैंक लगायतले बीमाको महत्व, बीमा किन गरिन्छ, बीमा गर्दा कस्तो फाइदा हुन्छ लगायतका कुराहरु जनतामा बुझाउन जरुरी छ ।’ उनले थप भने, ‘विकसित देशमा हेर्ने हो भने बीमाको पेनेट्रेसन ९० देखि ९५ प्रतिशतसम्म रहेको छ तर हाम्रो देशमा भने करिब ४० प्रतिशत मात्रै रहेको तथ्याङ्क रहेको छ ।’