एसियामा इन्स्योरेन्सको ग्यापको हिसावले नेपाल धेरै तल छः लाइफ इस्योरेन्स अध्यक्ष पौडेल

एसियामा इन्स्योरेन्सको ग्यापको हिसावले नेपाल धेरै तल छः लाइफ इस्योरेन्स अध्यक्ष पौडेल


बैंकिङ्ग समाचार, काठमाडौं ।

एसियामा इन्स्योरेन्सको ग्यापको हिसावले हेर्दा नेपाल धेरै तल रहेको लाइफ इस्योरेन्स असोसिएसनका अध्यक्ष एवंम सिटिजन्स लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बताएका छन् । 

आज बृहत् आर्थिक संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स–२०२३ उद्घाटन सत्रमा बोल्दै यस्तो बताएका हुन । ‘नेपालमा बीमाको ग्याप हेर्दा ३ प्रतिशतको लाईनमा छौं उनले भने। १ अर्बको क्षतीको प्रारम्भिक अनुमानमा जम्मा पाँच करोडको इन्सुरेन्स क्षतीको जोखीम कवरेज भएको छ ।  हामी ५ प्रतिशतको इन्स्योरेन्सको ग्यापमा छौं । ७२ सालमा भूकम्प जाँदा ३.४ प्रतिशत इन्स्योरेन्स ग्यापमा थियौं। एसिया भरीमा ८ प्रतिशत इन्स्योरेन्स ग्याप छ’ उनले भने