नेशनल इन्स्योरेन्स डिस्कोर्स सुरु, बैंकिङ्ग समाचारका प्रकाशक राजु ढुंगेलद्धारा स्वागत मन्तव्य प्रस्तुत

नेशनल इन्स्योरेन्स डिस्कोर्स सुरु, बैंकिङ्ग समाचारका प्रकाशक राजु ढुंगेलद्धारा स्वागत मन्तव्य प्रस्तुत


बैंकिङ्ग समाचार, काठमाडौं ।
बृहत राष्ट्रिय बीमा संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श’ सुरु भएको छ । बैंकिङ्ग समाचार डटकम र बीमा प्राधिकरणको सहकार्यमा आज भाद्र १८ गते सोमबार काठमाडौंस्थीत सोल्टी होटलमा उक्त कार्यक्रम सुरु भएको हो । कार्यक्रमको उक्त विशेष सत्रमा बीमा क्षेत्रको वर्तमान अवस्था, बीमा व्यवसायप्रति अर्थ मन्त्रालयको उत्सुक्ता, जनमासमा बीमा प्रतिको बुझाई, अर्थतन्त्रमा बीमा क्षेत्रको महत्वपूर्ण पाटो, स्थिती र चुनौती लगायतका विषयहरुमा बृहत परिसंवाद गरिने छ ।

स्वागत मन्तव्य प्रस्तुत गर्दै बैंकिङ्ग समाचारका प्रकाशक राजु ढुंगेलले भने, 
नेपालमा जीवन बीमा होस या नीर्जीवन बीमा, यसको प्रयास लामो समयदेखि हुँदै आएको छ । तर आम मानिसमा यसको सकारात्मक प्रभाव पर्न समय लागेको दखिन्छ । पछिल्लो समयमा यसबारे आम जनमानसमा चेतना वृद्धि हुँदै गएको देखिन्छ । विद्यमान समस्याको बाबुजत पनि नेपालमा बीमा क्षेत्रको विस्तार हुनु सकारात्मक पक्ष हो । यद्यपी जुन गतिमा यस क्षेत्रको विस्तार हुनुपर्ने हो त्यस गतिमा नभएपनि पछिल्लो समय यस क्षेत्रको विस्तारको क्रम हेर्दा बीमा क्षेत्रलाई थप आशावादी बनाएको छ । तर यसको पेनिट्रेसन अझै बढाउनको लागि बीमा शिक्षाको आवश्यकता खड्किएको छ । यसै परिपेक्षलाई केन्द्रित गर्दै बैंकिङ्ग समाचार र बीमा प्राधिकरणको सहकार्यमा हामीले ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स–२०२३’ को आयोजना गर्न सम्भव भएका छौँ ।

कुनै पनि राष्ट्रको आर्थिक विकासमा बीमा क्षेत्रको ठूलो महत्व रहेको हुन्छ । सबै क्षेत्रमा हुने जोखिम व्यवस्थापन तथा दुर्घटनाबाट हुने आर्थिक तथा भौत्तिक क्षति न्यूनीकरणका लागि बीमा अत्यन्तै आवश्यक छ । बीमा क्षेत्रको यही अनिवार्यता आम मानिसहरुले बुझ्नुपर्छ । यो बुझाई बिना बीमा क्षेत्रको विस्तार प्रायः असम्भव नै देखिन्छ । यसै सन्दर्भलाई जोड्दै आज यहाँ विभिन्न शिर्षकहरुमा विज्ञहरुसँग हुने बृहत परिसंवादले हालका बीमा प्रतिका नितिगत तथा व्यवहारिक समस्या र चुनौतीहरुका समाधानका उपायहरु, तर्क र तथ्य सहितका जवाफहरुमार्फत नयाँ मार्गदिशा तय गर्ने हामीले विश्वास लिएका छौँ । आजको यस बद्लिदो समयमा आम मानिसहरुले communicate गर्ने माध्यमहरु परिर्वतन भएका छन । अब बीमा बजार बद्लिदो समयसँगै परिर्वतित communication system मार्फत कसरी सहजै सबैमा सुचना पुर्याउन सकन्छि भन्ने नयाँ आयामको सुरुवातमा हाम्रो बीमा बजार पछि परेको हो कि भन्ने भान हामी सबैलाई भएको छ । यी यस्तै डिस्कोर्समार्फत यस्ता सुचनाको उजागर गर्नेछ भन्ने हामीलाई पूर्ण विश्वास छ ।

कार्यक्रममा ४ वटा फरक–फरक शिर्षकमा बृहत संवाद गरिनेछ ।

सत्रहरु:
१) बीमा समावेशीतामा संघीय सरकार र स्थानीय निकायबीचको सहकार्य भन्ने शिर्षकमा गहन बिमर्स हुनेछ । 
२) दोस्रोमा निर्जीवन बीमा क्षेत्रका चुनौती र नेपाली सन्दर्भमा यसका आयामहरू भन्ने शिर्षकमा विशेष छलफल गरिनेछ । साथै 
३) कार्यक्रमको तेस्रो सत्रमा नेपाली समाजमा र अर्थतन्त्रमा जीवन बीमा कम्पनीहरूको प्रभाव भन्ने शिर्षकमा बहस गरिनेछ । 
यसैगरी 
४) चौथो सत्रमा नेपालमा बीमा कम्पनीहरुको डिजिटलाइजेशन शिर्षकमा भन्ने विषयवस्तुमा mबवयच मष्कअयगचकभ हुनेछ ।  

यती मात्रै नभई अर्थमन्त्री माननीय अर्थमन्त्री श्री प्रकाशशरण महत ज्यूसँग पनि यसै कार्यक्रमको विशेष सत्रमा duologue पनि हुनेछ ।

यस प्रकारको डिस्कोर्सले नेपालको बीमा क्षेत्रको वर्तमान अवस्था र आम मानिसहरुमा बीमा प्रति उत्साह जगाउन र गहन विचार, विमर्श निचोड निकाल्छ भन्ने हामीले अपेक्षा गरेका छौँ ।

त्यती मात्रै नभई बीमा व्यवसायलाई अझै competative र professional बनाउनको लागि यस्ता विभिन्न शिर्षकहरुमा गरिने छलफल तथा डिस्कोर्समार्फत प्राप्त हुने ज्ञान आम जनमानसमा पुर्याई बीमा क्षेत्रका नितिगत तथा व्यवहारिक ऐन तथा नियमहरुमा वीचार तथा विमर्श गर्न सहयोग पुग्ने हाम्रो अपेक्षा छ ।

अन्त्यमा, यो प्रयासले बीमा क्षेत्रको सकरात्मक प्रचार, बीमा समावेशीता, तथा व्यावसायिक ज्ञान उत्पन्न हुनेछ र मुलुकले आर्थिक समृद्धि प्राप्त गर्नका लागि नयाँ कोशेढुङ्गा सावित हुनेछ भन्ने हाम्रो विश्वास छ ।