भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड, ७१ हजार २२२ जनालाई १० कित्ता शेयर

भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड, ७१ हजार २२२ जनालाई १० कित्ता शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ भदौ १८ गते सोमबार, बाँडफाँड भएका छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता ११६ रुपैयाँमा ७ लाख १२ हजार २२० कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयरमा कुल १३ लाख ९ हजार ६६ आवेदन परेको थियो । जसमध्ये २ हजार ३८९ आवेदन रद्द भएको छ भने बाँकी १३ लाख ६ हजार ६७७ आवेदन स्वीकृत भएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ । क्यापिटलका अनुसार कुल ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।