साताको पहिलो दिन उच्च अंकले घट्यो नेप्से, २९ अंकले घटेको बजारमा १ अर्ब १८ करोड कारोबार

साताको पहिलो दिन उच्च अंकले घट्यो नेप्से, २९ अंकले घटेको बजारमा १ अर्ब १८ करोड कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज साताको कारोबारको पहिलो दिन उच्च अंकको गिरावट भएको छ । आज आइतवार नेप्से २९.८१ अंकले घटेर १ हजार ९ सय ६० दशमलब ७८ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबार दिन अर्थात बुधवार नेप्से २.८२ अंकले घटेर १ हजार ९ सय ९० दशमलब ५९ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा उच्च अंकको गिरावट भएपनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज नेप्सेमा १ अर्ब १८ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार १ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेप्सेमा कारोबार भएका ८ कम्पनीको शेयरमूल्य बढेको छ भने २१२ कम्पनीको शेयरमूल्य घटेको छ, ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज नेप्सेमा एक कम्पनीको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५४.१० रुपैयाँ पुगेको छ । 

आज लिबर्टी इनर्जिका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । 

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटलको भएको छ । यस कम्पनीको आज ३ करोड ८८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।