राष्ट्रिय सहकारी बैंकको ब्याजदर परिवर्तन, यस्तो छ नयाँदर 

राष्ट्रिय सहकारी बैंकको ब्याजदर परिवर्तन, यस्तो छ नयाँदर 


बैंकिङ्ग समाचार, काठमाडौं ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड (एनसिबिएल)ले ब्याजदर परिवर्तन गरेको छ । यही भदौ १७ गतेदेखि लागू हुनेगरि बचत तथा कर्जाको शीर्षकहरूमा ब्याजदर परिवर्तन गरिएको हो । नयाँ ब्याजदर अनुसार साधारण बचतमा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ४.२५ प्रतिशत तोकिएको छ । विशेष बचतमा ४.५० प्रतिशत, सुपर बचतमा ४.५० प्रतिशतदेखि ५ प्रतिशतसम्म, एनसिबिएल समुन्नत बचत खातामा ५ प्रतिशतदेखि ५.५० प्रतिशतसम्म र एनसिबिएल प्रिमियम बचत खातामा ५ प्रतिशतदेखि ५.२५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । 

साथै क्रमिक बचत र मुद्दती निक्षेपमा ९.७५ प्रतिशतदेखि ११.७५ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ । मुद्दती निक्षेपको  Bid Rate ११.७५ प्रतिशतसम्म प्रस्ताव गर्न सकिनेछ । 

त्यस्तै, कर्जातर्फ ९.५० प्रतिशतदेखि १३.७५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वलगानी नियमानुसार हुने समेत जनाइएको छ । लघुवित्त कर्जा, गरिब निवारण कर्जा, सबल सहकारी कर्जा र दिगो सहकारी कर्जा लगानीको ब्याजदर संस्था वर्गीकरणको आधारमा फरक गरिनेछ । यस्तै अपाङ्ग, दलित र महिलाद्वारा मात्र सञ्चालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने एनसिबिएलले जनाएको छ ।  

हेरौँ, विस्तृतमा

\"\"\"\"