दुई वाणिज्य बैंक सहित ३ कम्पनीको कुल ७ लाख कित्ता बढि संस्थापक शेयर विक्रीमा

दुई वाणिज्य बैंक सहित ३ कम्पनीको कुल ७ लाख कित्ता बढि संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
दुई वाणिज्य बैंक सहित तिन वटा कम्पनीले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । सिद्धार्थ बैंकको ३ लाख कित्ता, कुमारी बैंकको ३ लाख ७९ हजार ७९५ कित्ता र जानकी फाइनान्सको ५० कित्ता संस्थापक शेयर विक्रीमा आएको हो ।

यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक खरीदकर्ताहरूले सम्बन्धित कम्पनीहरूको केन्द्रिय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीहरूले दिएका छन् ।