९५ हजार रूपैयाँ नक्कली नोटसहित तीन जना पक्राउ

९५ हजार रूपैयाँ नक्कली नोटसहित तीन जना पक्राउ


बैंकिङ्ग समाचार, काठमाडौं ।

९५ हजार रूपैयाँ नक्कली नोटसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहट कटहरीया नगरपालिका ६ का १९ वर्षीय धर्मेन्द्र महरा, सोही नगरपालिका १ का २१ वर्षीय दिपेश दास र राक्सिराङ गाउँपालिका २ बस्ने ४० वर्षीय बिजय तामाङ छन्। 

दिपेश र धर्मेन्द्रलाई बिहिबार राती  प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका १५ चुरीयामाई मन्दिर नजिकबाट पक्राउ गरेको हो। अनुसन्धानको क्रममा संलग्नता देखिएकाले बिजयलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।