राष्ट्रिय बीमा संस्थानको आज हुने भनिएको विशेष साधारणसभाको मिति परिवर्तन

राष्ट्रिय बीमा संस्थानको आज हुने भनिएको विशेष साधारणसभाको मिति परिवर्तन


बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय बीमा संस्थानको विशेष साधारणसभाको मिति परिवर्तन भएको छ । संस्थानको आज भदौ १५ गते हुने भनिएको विशेष साधारणसभाको मिति परिवर्तन भई अब यही भदौ २९ गते हुने भएको छ ।

बीमा संस्थाले एक सूचना प्रकाशित गर्दै विशेष कारणबस भदौ १५ गते आह्वान गरिएको उक्त विशेष साधारणसभा हुन नसक्ने र सो सभा आगामी भदौ २९ गते शुक्रवार दिउसो ३ः३० बजे संस्थानको प्रधान कार्यालयमा आयोजना हुने उल्लेख गरेको छ ।

सभाले बीमा ऐन २०७९ को दफा १७२ बमोजिम राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने प्रस्ताव पेश गर्नेछ । सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्ने, संस्थानलाई कम्पनीमा परिणत गर्दा गर्नुपर्ने कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।