एक हजारका ९५ थान नक्कली नोटसहित दुई जना पक्राउ

एक हजारका ९५ थान नक्कली नोटसहित दुई जना पक्राउ

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

एक हजारका ९५ थान नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । 

हेटौंडा उपमहानगरपालिका १५ चुरीयामाई मन्दिर नजिकबाट रौतहट कटहरीया नगरपालिका ६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र सोही नगरपालिका १ बस्ने २१ वर्षीय दिपेश दासलाई १ हजार दरका ९५ थान नक्कली नोटसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको गरेको हो ।  

विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले धर्मेन्द्र र दिपेशलाई उक्त नक्कली नोटसहित नियन्त्रणमा लिएको हो ।

त्यस्तै,अनुसन्धानको क्रममा संलग्नता खुल्न आएका राक्सिराङ गाउँपालिका २ बस्ने ४० वर्षीय बिजय तामाङलाई समेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।