नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा डा. चन्द्र बहादुर अधिकारी नियुक्त

नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा डा. चन्द्र बहादुर अधिकारी नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंक लिमिटेडले संचालक समितिमा नयाँ सञ्चालक नियुक्त गरेको छ । बैंकले रिक्त रहेको सञ्चालक समितिको स्वतन्त्र सञ्चालक पदमा डा. चन्द्र बहादुर अधिकारीलाई नियुक्त गरेको छ ।

सञ्चालक समितिको भदौ ११ गतेको निर्णयले अधिकारीलाई पदमा नियुक्त गरेको हो । उनले भदौ १३ गतेका दिन सञ्चालक समितिका अध्यक्षबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण समेत गरेका छन् ।