बंगलादेशलाई विश्व बैंकको २० करोड डलर सहयोग

बंगलादेशलाई विश्व बैंकको २० करोड डलर सहयोग

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं ।

बंगलादेशका विभिन्न क्षेत्रमा सामान्य रोगको उपचार, रोकथाम, प्राथमिक स्वास्थ्य सेवा सुधार र चिकित्सा फोहोर मैला व्यवस्थापनमा सहयोग गर्न विश्व बैंकले २० करोड अमेरिकी डलर स्वीकृत गरेको छ ।

साथै, उच्च जनघनत्व, जलवायु परिवर्तन र तीव्र सहरीकरणका कारण नयाँ स्वास्थ्य चुनौती देखा परिरहेकाबेला डेङ्गुको बढ्दो सङ्क्रमण र सङ्क्रामक तथा नसर्ने रोगहरू पनि समावेश छन् ।

यस परियोजनाले महिलाका लागि प्रसवपूर्व सेवाहरूमा पनि सुधार गर्नेछ । 

‘परियोजनाले २५ लाखभन्दा बढी महिलालाई गर्भावस्थाको समयमा कम्तीमा चार पटक स्वास्थ्य परीक्षण प्राप्त गर्ने लक्ष्यका साथ यसले उच्च रक्तचापको परीक्षण र लगभग १३ लाख वयस्कको फलो–अपलाई पनि सहयोग पु¥याउनेछ । विज्ञप्तिमा भनिएको छ ।’