सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ७ लाख ६८ हजारले पाए १० कित्ता शेयर

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ७ लाख ६८ हजारले पाए १० कित्ता शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
सन नेपाल लाइफ इनस्योरेन्सले प्रिमियम मुल्यमा निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । इन्स्योरेन्सको आईपीओ आज शुक्रबार भदौ १५ गते बाँडफाँड गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्गको कार्यालयमा इन्स्योरेन्सको आईपीओ बाँडफाँड गरिएको हो ।

कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको ७६ लाख ८० हजार कित्ता शेयर बाँडफाँड गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गरेको थियो ।

आइपीओमा कुल १४ लाख ६६ हजार ८ सय ६२ जनाले आवेदन दिएका थिए । जसमध्ये ६ हजार ८ सय १ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १४ लाख ६० हजार ६१ जना आवेदकलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरेको हो । यस अनुसार ७ लाख ६८ हजार जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकि आवेदकको हात खाली भएको छ ।