नबिल बैंकको एटिएम फुटाउने एक युवक पक्राउ

नबिल बैंकको एटिएम फुटाउने एक युवक पक्राउ

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं । 

भक्तपुरमा नबिल बैंकको एटिएम फुटाउने एक युवक पक्राउ परेका छन् । 

भक्तपुरको कमलविनायक भत्केको पाटीमा रहेको नबिल बैंकको एटिएम मेसिन फुटाउने दाङको बबई गाउँपालिका वडा नम्बर २ का २४ वर्षीय पूर्णबहादुर खासुलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

पक्राउ परेका खासुको साथबाट १ थान हथौडा, १ थान फलामको रड र १ थान ह्याक्सो बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिएका छन् । 

हाल उनलाई हिरासतमा राखि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।