लहैलहैमा लागेर विदेश जाने प्रवृत्ति रोक्नुपर्ने अर्थमन्त्री महतको भनाई 

लहैलहैमा लागेर विदेश जाने प्रवृत्ति रोक्नुपर्ने अर्थमन्त्री महतको भनाई 

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय लहैलहैमा लागेर विदेश जाने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।  

उनले अब विदेशी विद्यालयहरुबाट ५० प्रतिशत छात्रवृत्ति पाउने विद्यार्थीलाई मात्रै विदेश अध्ययनमा जान दिनुपर्ने समेत बताए । 

इन्स्टिच्युट अफ सोसियो ईकोनोमिक रिसर्च (आइएसएसआर)ले आयोजना गरेको स्माल स्टेक क्यापाविलिटीज ः नेभिगेटिङ कम्टिसन एण्ड फरेन फोलिसी प्रायोरिटीज इन नेपाल कार्यक्रममा बोल्दै उनले अब नेपाली विद्यार्थीलाई नेपालमै बसेर अध्ययन गराउनुपर्ने नीति अघि बढाउनुपर्ने बताएका हुन् ।

उनी केहि समय अघि मात्रै एक कार्यक्रममा सहभागि हुन क्यानडा पुगेका थिए । सो अवसरमा उनले नेपाली विद्यार्थीहरुलाई भेट्ने मौका पाएको र त्यहाँ नेपाली विद्यार्थीको अवस्था नाजुक रहेको समेत बताएका छन् ।

विदेशमा नेपाली विद्यार्थीको अवस्था नाजुक देखेकै कारण नेपाली विद्यार्थीलाई नेपालमै राक्ने नीति अवलम्बन गर्नुपर्ने उनको भनाई छ ।