सुधिर बस्नेतको कोहिनुर हिल हाउजिङ लिलाममा

सुधिर बस्नेतको कोहिनुर हिल हाउजिङ लिलाममा

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं ।

कर्मचारी सञ्चय कोषले ऋण नतिरेको भन्दै ललितपुरको इमाडोलस्थित कोहिनुर हिल हाउजिङ प्रालिका नाममा रहेको जग्गा तथा निर्माणाधीन आवासीय भवन लिलाम बिक्री गर्ने भएको छ । 

कोषले आज एक सूचना जारी गर्दै व्यवसायी सुधीर बस्नेतको स्वामित्वमा रहेको  हाउजिङको लिलामी प्रक्रिया अघि बढाएको हो । 

कोहिनुर हिलले कोषबाट साँवा र ब्याजसहित १ अर्ब रुपैयाँभन्दा बढी कर्जा चुक्ता गर्नु पर्नेछ । कोहिनुर हिलका सञ्चालक सुधीर बस्नेत हुन् । बस्नेतले सो रकम चुक्ता नगरेपछि कोषले लिलामी प्रक्रिया अघि बढाएको हो ।

ललितपुरको इमाडोल वडा नं. ४ स्थित कोषको नाममा दृष्टिबन्धक रहेको जग्गा र भवन लिलामिमा बिक्री खुला गरेको हो । बारम्बार ताकेता गर्दा पनि ऋण नतिरेपछि सञ्चय कोषले कोहिनुरको जग्गा र निर्माणाधीन भवनहरू बेचेर ऋण असुली गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । इमाडोलमा १० रोपनी ९ आना २ दाम जग्गा र त्यसमा निर्माणाधीन आवासीय भवन लिलामीमा बिक्रि गर्न कोषले प्रक्रिया अघि बढाएको हो ।

जग्गा तथा निर्माणाधीन भवन खरिदका लागि कोषले ३५ दिनभित्र बोलपत्र पेस गर्न भनेको छ । बोलपत्र स्वीकृत भएको ३० दिनभित्र सबै रकम कोषमा बुझाइसक्नुपर्ने छ । यद्यपी, कोहिनुरका सञ्चालक सुधीर बस्नेतले ३५ दिनभित्र ऋण चुक्ता गरे लिलामी प्रक्रिया अन्त्य गर्ने कोषले स्पष्ट पारेको छ । कोहिनुरले २३ करोड ७० लाख रुपैयाँमात्र ऋण लिएको थियो तर समयमै नतिर्दा उसको साँवा र ब्याजसमेत गरी १ अर्ब रुपैयाँ पुगेको कोषले जनाएको छ ।