नबिल बैंक अन्तर्राष्ट्रिय ‘एम्बिसन्स एन्ड डेभलपमेन्ट’ एसियन अवार्डबाट पुरस्कृत

नबिल बैंक अन्तर्राष्ट्रिय ‘एम्बिसन्स एन्ड डेभलपमेन्ट’ एसियन अवार्डबाट पुरस्कृत

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

नबिल बैंकले ‘एम्बिसन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस’ अवार्ड प्राप्त गरेको छ । 

कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ मा पुरस्कृत गरेको हो ।

गत अगस्ट १८ मा भएको कार्यक्रममा कम्पास प्लस टेक्नोलोजीका ईस्टर्न जोइन्ट रिजनल डाइरेक्टरेटका उप–सभापति सर्जी पुटेनिखिनले नबिल बैंकका प्रमुख अपरेटिङ अफिसर गणेशप्रसाद अवस्थीलाई उक्त अवार्ड प्रदान गरेका थिए । 

कार्यक्रममा बंगलादेश, कम्बोडिया, मलेसिया, भारत लगायत विभिन्न देशका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।