बजेट तान्ने होडबाजीभन्दा सुशासन प्रवर्द्धनमा लाग्न सभापति पन्थको आह्वान

बजेट तान्ने होडबाजीभन्दा सुशासन प्रवर्द्धनमा लाग्न सभापति पन्थको आह्वान

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं ।

विकासका नाममा आफ्ना निर्वाचन क्षेत्रमा बजेट तान्ने होडबाजीभन्दा सुशासन प्रवर्द्धन कार्यक्रममा क्रियाशील हुन राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले जनप्रतिनिधिलाई आह्वान गरेका छन् ।

सभापति पन्थको अध्यक्षतामा बिहीबार बसेको बैठकमा बोल्दै पन्थले यस्तो आह्वान गरेका हुन् । 

सरकार विकास र समृद्धिका कार्यक्रमलाई जोड दिने तथा दलका नेता र जनप्रतिनिधि पनि विकासका नाममा आफ्ना क्षेत्रमा बजेट धेरै तान्न खोज्ने होडबाजीले सुशासन प्रवर्द्धन र दिगो विकासको लक्ष्य प्राप्त गर्न चुनौती खडा गर्ने पन्थको भनाइ थियो ।

मुलुकको सोह्रौँ पञ्चवर्षीय योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिको सोच अघि सारेको उल्लेख गर्दै सभापति पन्थले राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्ने मामिलामा जनप्रतिनिधिको खबरदारी आवश्यक रहेको धारणा राखे ।

बिहीबार बसेको बैठकले गठन गरेको उपसमितिका सदस्यमा नारायणप्रसाद दाहाल र शारदादेवी भट्ट रहेका छन् । समितिले सुशासन प्रवर्द्धन सम्बन्धमा अध्ययन, अनुगमन र राज्यका सम्बन्धित निकाय तथा सरोकारवालासँग आवश्यक छलफल गर्न सुशासन प्रवर्द्धन तथा अनुगमन गर्न रमेशजङ्ग रायमाझीको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको छ ।