सिटिजन्स बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा २० प्रतिशत छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा २० प्रतिशत छुट पाउने

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं धुम्बाराही स्थित हिमाल डेन्टल हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ ।

उक्त छुटका लागि दवै पक्षबाट सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ  । 

हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले हिमाल डेन्टल हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट १६ लाख ३७ हजार रुपैयाँभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।