बिगमार्टमा तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५% सम्म छुट पुनः सुचारु

बिगमार्टमा तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५% सम्म छुट पुनः सुचारु


बैंकिङ्ग समाचार, काठमाडौं ।
स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरेको छ । जसअन्तर्गत  बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा छुट दिने व्यवस्था पुनः सुचारु भएको छ । उक्त छुट अफर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस छुट अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्नेछन् । स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्था, वालेट तथा विभिन्न सहकारीका एप मार्फत ग्राहकहरुले बिग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् । साथै स्मार्ट क्युआर र नेपाल पे क्युआरको अन्तर आबद्धता सुचारु भएसंगै नेपाल पेमा आबद्ध भै स्मार्ट क्युआरमा भुक्तानी गर्न सुचारु गरेका  विभिन्न बैंक तथा वालेटहरुले पनि छुट प्राप्त गर्न सक्नेछन् ।