बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज साताको चौथो कारोबार दिन पनि सामान्य अंकको गिरावट जारी रहेको छ । आज बुधवार नेप्से २.८२ अंकले घटेर १ हजार ९ सय ९० दशमलब ५९ विन्दुमा बन्द भएको हो । मंगलवार नेप्से ५.०५ अंकले घटेर १ हजार ९ सय ९३ दशमलब ४२ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा झिनो अंकको गिरावट भपनि कारोबार रकममा वृद्धि भएर १ अर्ब माथि पुगेको छ । आज नेप्सेमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार ८६ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेप्सेमा कारोबार भएका ७९ कम्पनीको शेयरमूल्य बढेको छ भने १३१ कम्पनीको शेयरमूल्य घटेको छ, १९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज नेप्सेमा एक कम्पनीको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । सिटि होटलको शेयरमूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता ७५६ रुपैयाँ पुगेको छ ।
आज सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी माछापुच्छ्रे बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज १० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया