विमानस्थलबाट बरामद गरिएको ६० किलो सुनबारे अनुसन्धान गर्न एसएसपी आचार्य हङकङमा

विमानस्थलबाट बरामद गरिएको ६० किलो सुनबारे अनुसन्धान गर्न एसएसपी आचार्य हङकङमा


बैंकिङ्ग समाचार काठमाडौं ।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ उपरीक्षक हङकङ पुगेका छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को समन्वयमा एसएसपी दिनेश आचार्य हङकङ गएका हुन् ।

हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो ।

इन्टरपोल हङकङसँग सहकार्य गरेर त्यहाँबाट सुन पठाउने गिरोहको सूचना सङ्कलन गर्न आचार्य हङकङ गएका हुन् । अनुसन्धानका लागी प्रहरीले इन्टरपोलको सहयोग माग्दै यसअघि नै पत्राचार गरेको थियो । नेपालमा पछिल्लो समय हङकङ  र दुबईबाट सुन तस्करी हुने गरेको अनुसन्धानबाट थाहा भएको छ ।