राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा शंकर राज पाठक नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा शंकर राज पाठक नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा शंकर राज पाठक नियुक्त भएका छन् । अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक पदमा पाठक नियुक्त भएका हुन् ।

अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको साउन २२ गतेको पत्र अनुसार पाठकलाई यस कम्पनीको संचालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधित्व हुने व्यवस्था भएबमोजिम आजदेखि लागु हुनेगरी नियुक्त गरिएको हो ।

कम्पनीको सञ्चालक समितिका अध्यक्षबाट पाठकले सञ्चालकको पद तथा गोपनियताको सपथ ग्रहण समेत गरिसकेका छन् । यससँगै उनी अर्को व्यवस्था नभएसम्मको लागि सञ्चालक सदस्यमा रहने छन् ।