महालक्ष्मी र लुम्बिनी विकास बैंकको कुल २० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भदौ १३ गते बुधबार दुई विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ । यस दिन महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

यस दिन महालक्ष्मी विकास बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको १० लाख कित्ता ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ त्यस्तै, लुम्बिनी विकास बैंकले निष्काशन गरेको १० लाख कित्ता ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ नेप्सेमा सूचीकृत भएको हो ।

यी दुबै बैंकहरुको ऋणपत्र आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

\"\"\"\"

Skip This