सानिमा बैंकले विभिन्न ७ पदका लागि माग्यो धेरै संख्यामा कर्मचारी, कसरी दिने आवेदन ?

सानिमा बैंकले विभिन्न ७ पदका लागि माग्यो धेरै संख्यामा कर्मचारी, कसरी दिने आवेदन ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंक लिमिटेडले आज भदौ १३ गते बुधवार एक सूचना प्रकाशित गर्दै रिक्त रहेका विभिन्न ७ पदहरुका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

बैंकले हेड लिगलमा डेपुटी म्यानेजर र सिनियर म्यानेजर, इनफरमेसन सेक्युरिटी (आइएस) मा जूनियर अफिसर र सिनियर अफिसरका लागि केही, डाटावेस एडमिनिष्ट्रेटरमा सिनियर असिस्टेन्ट र सिनियर अफिसरका लागि केही, जाभा प्रोग्रामरमा सिनियर असिस्टेन्टका लागि, आइटी सपोर्ट एण्ड सिबिएस अपरेसन, सिस्टम एडमिनिष्ट्रेटर तथ सिस्टम इन्टिग्रेटरमा जुनियर असिस्टेन्ट र सिनियर असिस्टेन्ट लगायत ७ पदका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिन ईच्छुक तथा योग्यता पुगेकाले बैंकको आधिकारिक वेबसाईट https://career.sanimabank.com/ मार्फत आवश्यक कागजात संकलन गरी आवेदन दिन सकिने बैंकले जनाएको छ ।

\"May