माछापुच्छ्रे बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

माछापुच्छ्रे बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । भदौ १३ गते बुधबार बिहान बसेको बैंक सञ्चालक समितिको बैेठकले गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । सोमध्ये १३.३० प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ०.७० प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।