कामना सेवा विकास बैक र हिमालयन जाभाबीच मर्चेन्ट सम्झौता, बैंकका ग्राहकले १०% सम्म छुट पाउने

कामना सेवा विकास बैक र हिमालयन जाभाबीच मर्चेन्ट सम्झौता, बैंकका ग्राहकले १०% सम्म छुट पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक र हिमालयन जाभा कफि (Himalayan Java Coffee) बीच मिति २०८० साल भाद्र १२ गते मङ्गलबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौं महानगरपालिका–२९ पुतलिसडकस्थित Himalayan Java Coffee ले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।