नेप्सेमा ५.०५ अंकको गिरावट, कारोबार रकम ८६ करोडमा सिमित

नेप्सेमा ५.०५ अंकको गिरावट, कारोबार रकम ८६ करोडमा सिमित


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको तेस्रो कारोबार दिन सामान्य अंकले घटेर बन्द भएको छ । आज मंगलवार नेप्से ५.०५ अंकले घटेर १ हजार ९ सय ९३ दशमलब ४२ विन्दुमा बन्द भएको हो । सोमवार नेप्से ५.०९ अंकले बढेर १ हजार ९ सय ९८ दशमलब ४८ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा सामान्य अंकको गिरावट भएसँगै कारोबार रकम पनि सामान्य घटेर बन्द भएको छ । आज नेप्सेमा ८६ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवार ९८ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेप्सेमा कारोबार भएका ६९ कम्पनीको शेयरमूल्य बढेको छ भने १४४ कम्पनीको शेयरमूल्य घटेको छ, १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज नेप्सेमा दुई कम्पनीको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९३३.१० रुपैयाँ पुगेको छ भने ग्लोबल आइएमई ब्यालेस्ड फण्डको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । 

आज स्वाभिमान लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ४ प्रतिशत भन्दा बढीले घटेको छ । 

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी माछापुच्छ्रे बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज ३ करोड ६२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।