सुन तस्करीमा संलग्नको पारदर्शी ढङ्गले छानबिन गर्न सरकारसमक्ष सांसद गिरीको माग

सुन तस्करीमा संलग्नको पारदर्शी ढङ्गले छानबिन गर्न सरकारसमक्ष सांसद गिरीको माग

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करीमा संलग्नको पारदर्शी ढङ्गले छानबिन गर्न सरकारसमक्ष माग गरेकाम छन्  । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा प्रमुख सचेतक गिरीले यस्तो माग गरेका हु्न् ।

उनले भ्रष्टाचारसँग जोडिएका सबै विषयको पनि छानबिन गर्न माग गरेका छन् । 

भ्रष्टाचार र अनियमिततासँग जोडिएका ठूला अभियुक्तलाई कानुनी दायरामा ल्याइनुपर्ने खाँचो भएको उनले बताए ।  

यस्तै,गिरीेले पछिल्ला दिनमा जातीय सद्भाव भड्काउने र द्वन्द्व निम्त्याउने खालका गतिविधि भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै सामाजिक सद्भाव र शान्ति प्रवद्र्धनमा सबै जिम्मेवार हुनुपर्नेमा पनि जोड दिएका छन् ।