पोखरामा पाँचतारे होटल बनाइरहेको बाराही सेदीेले आईपीओ निष्काशन गर्ने

पोखरामा पाँचतारे होटल बनाइरहेको बाराही सेदीेले आईपीओ निष्काशन गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
पोखराको लेकसाइडमा पाँचतारे होटेल बनाइरहेको बाराही सेदी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले जारी पुँजी १ अर्ब १६ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ११ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारीमा रहेको हो । जसअनुसार उक्त होटेलले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ ।

कम्पनीले आइपीओ निष्काशनका लागि विक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बाराही सेदीका तर्फबाट कार्यकारी सञ्चालक विप्लव पौडेल र एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन ।

अव कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै आईपीओ निष्काशन गर्नेछ ।