मिथिला लघुवित्तको संस्थापक र सर्वसाधारण शेयर स्वामित्व परिमार्जन

मिथिला लघुवित्तको संस्थापक र सर्वसाधारण शेयर स्वामित्व परिमार्जन


बैंकिङ्ग समाचार, काठमाडौं ।
मिथिला लघुवित्त  वित्तीय संस्था लिमिटेडको शेयर स्वामित्व परिमार्जन भएको छ । कम्पनीले  संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व परिवर्तन गरेको हो । जसअनुसार कम्पनीको शेयर स्वामित्व संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ ।

हाल नेप्सेमा कम्पनीको कुल १९ लाख ६० हजार २७ दशमलव ५६ कित्ता शेयर सूचीकृत छ । जसमा परिवर्तित शेयर संरचनाअनुसार संस्थापक समूहको ५१ प्रतिशत अर्थात ९ लाख ९९ हजार ६१४ कित्ता शेयर र सर्वसाधारण तर्फ ४९ प्रतिशत अर्थात ९ लाख ६० हजार ४१३ कित्ता शेयर परिमार्जन भएर कायम भएको छ ।

यसअघि कम्पनीका संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत शेयर स्वामित्व रहेको थियो ।