राष्ट्र बैंकमा कार्यरत कर्मचारीहरुको औषत उमेर ३१ देखि ४० वर्ष

राष्ट्र बैंकमा कार्यरत कर्मचारीहरुको औषत उमेर ३१ देखि ४० वर्ष

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं ।

नेपाल राष्ट्र बैंकमा कार्यरत कर्मचारीहरुमध्ये करिब एक तिहाइ कर्मचारीको उमेर ३१ देखि ४० वर्ष रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको मानव ससांधन व्यवस्थापन भन्ने अध्ययन प्रतिवेदमा सो उमेर समूहका कर्मचारी एक तिहाइ भएको देखिएको हो ।  

राष्ट्र बैंकमा कुल १०८२ जना कर्मचारी कार्यरत छन् । 

राष्ट्र बैंकमा रहेका कर्मचारीमध्ये स्पेशल अफिसर तहका कर्मचारीको औसत उमेर ५२.०८ वर्ष छ ।  पहिलो तहका अफिसर तहका कर्मचारीको औसत उमेर ४७.२५ वर्ष , दोस्रो तहका अफिसर तहका कर्मचारीको औसत उमेर ४६.११ वर्ष, तेस्रो तहका अफिसर तहका कर्मचारीको औसत उमेर ३८.२५ वर्ष रहेको छ ।

यस्तै,असिस्टेन्ट प्रथमको औसत उमेर ३८.२ वर्ष, असिस्टेन्ट द्वितीय तहको कर्मचारीको औसत उमेर ३३.०३ वर्ष, असिस्टेन्ट तेस्रो तह कर्मचारीको औसत उमेर ५१.०१ वर्ष र ग्रेडिङ नभएको अन्य कर्मचारीको औसत उमेर ४९.८७ वर्ष रहेको छ ।