मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अर्घाखाँचीको “एभरेष्ट ओल्ड होटेल” र “छाँया अस्पताल” मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अर्घाखाँचीको “एभरेष्ट ओल्ड होटेल” र “छाँया अस्पताल” मा विशेष छुट


बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिने उद्देश्यका साथ अर्घाखाँचीको सन्धिखर्कमा रहेको “एभरेष्ट ओल्ड होटेल अर्घाखाँची प्रा. लि.” (Everest Old Hotel Arghakhanchi Pvt. Ltd.) र “छाँया अस्पताल प्रा. लि.” (Chhaya Hospital Pvt. Ltd.) सँग विशेष छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । 

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले एभरेष्ट ओल्ड होटेल अर्घाखाँचीको Accommodation & Food मा विशेष १०% सम्म र छाँया अस्पताल प्रा. लि को विभिन्न सेवाहरु जस्तै: बेड चार्ज, सर्जरी, चेकअप, ओपिडि, ल्याब टेस्टहरुमा विशेष १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

\"\"