सिभिल क्यापिटल प्राप्ति प्रस्ताव पारित गर्न हिमालयन क्यापिटलले बोलायो साधारण सभा

सिभिल क्यापिटल प्राप्ति प्रस्ताव पारित गर्न हिमालयन क्यापिटलले बोलायो साधारण सभा

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

हिमालयन क्यापिटल लिमिटेडले भदौ २७ गते विशेष साधारण सभा बोलाएको छ ।

सिभिल क्यापिटल लिमिटेडलाई प्राप्ति गर्ने प्रस्तावलाई पारित गर्न भदौ ९ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले कम्पनी रजिष्टर्ड कार्यालय ठमेल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी एक भएसँगै यी दुई बैंकका सहायक कम्पनीको रुपमा रहेका यी कम्पनीहरू समेत एक हुन लागेका हुन । सिभिल क्यापिटल लिमिटेडको १०० कित्ता शेयर बराबर हिमालयन क्यापिटलको ३१ कित्ता शेयर आदानप्रदान गर्ने गरी यी दुई कम्पनी एक हुन लागेका हुन । 

विशेष साधारण सभामार्फत शेयर आदानप्रदान अनुपातलाई समेत अन्तिम स्वीकृति दिइनेछ । प्राप्ति प्रक्रिया सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी कम्पनीको सञ्चालक समितिलाई