नेप्सेमा ५.०९ अंकको वृद्धि, कारोबार रकम १ अर्ब पनि पुगेन

नेप्सेमा ५.०९ अंकको वृद्धि, कारोबार रकम १ अर्ब पनि पुगेन


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइतवार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको दास्रो कारोबार दिन सामान्य बढेको छ । आज सोमवार नेप्से ५.०९ अंकले बढेर १ हजार ९ सय ९८ दशमलब ४८ विन्दुमा बन्द भएको हो । आइतवार नेप्से २०.५४ अंकले घटेर १ हजार ९ सय ९३ दशमलब ३८ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकममा भने उल्लेख्य गिरावट भएर १ अर्ब पनि पुग्न सकेन । आज नेप्सेमा ९८ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतवार १ अर्ब २६ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेप्सेमा कारोबार भएका ११८ कम्पनीको शेयरमूल्य बढेको छ भने ९७ कम्पनीको शेयरमूल्य घटेको छ, १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज नेप्सेमा एक कम्पनीको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८४८.३० रुपैयाँ पुगेको छ । 

आज स्वाभिमान लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ४ प्रतिशत भन्दा बढीले घटेको छ । 

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी सनराइज बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज ७ करोड ३१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।