शिखर इन्स्योरेन्सका डिसीईओ पुष्कर महत ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स अवार्ड २०२३’ बाट सम्मानित

शिखर इन्स्योरेन्सका डिसीईओ पुष्कर महत ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स अवार्ड २०२३’ बाट सम्मानित


बैंकिङ्ग समाचार, काठमाडौं ।
शिखर इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी (डीसीईओ) पुष्कर महतले ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स अवार्ड २०२३’ को सम्मान प्राप्त गरेका छन् । ग्रोथ सेलर्स प्रालिले आयोजना गरेको सेल्स समिटमा शिखर इन्स्योरेन्सका डिसीईओ पुष्कर महत उक्त अवार्डबाट सम्मानित भएका हुन् ।

नेपाली व्यावसायिक क्षेत्रमा सकारात्मक दृष्टान्त प्रस्तुत गर्ने व्यक्ति तथा संस्थालाई सम्मानित गर्ने उद्देश्यसहित यस वर्षदेखि सेल्स समिटमा अवार्ड सेरेमोनीसमेत राखिएको थियो । कार्यक्रममा ११ संस्था तथा १० व्यक्तिलाई सेल्स र मार्केटिङ्गका विभिन्न विधामा अवार्डबाट सम्मान गरिएको थियो ।