एटिएमबाट पैसा दिन्छु भनि झुक्याई वंगुर लिई फरार व्यक्ति पक्राउ, ४४ लाख ठगेर भागेको उजुरी  

एटिएमबाट पैसा दिन्छु भनि झुक्याई वंगुर लिई फरार व्यक्ति पक्राउ, ४४ लाख ठगेर भागेको उजुरी  


बैंकिङ्ग समाचार,काठमाडौं ।

एटिएमबाट पैसा दिन्छु भनि झुक्याई वंगुर लिई फरार रहेका व्यक्ति पक्राउ परेका छन् । काभ्रे नमोवुद्द नगरपालिका ३ घर भएका  ३२  वर्षिय पेमा ध्वज लामा प्रकाउ परेका हुन् । 

लामाले वंगुर फर्ममा गई वंगुर गाडिमा राखी गाडि पठाए पश्चात वैंक वा एटिएमबाटबाट रकम निकाली दिन्छु भनि सम्वन्धित व्यक्तिलाई ठगी झुक्याई फरार हुने गरेको काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भुपेन्द्र ब खत्रीले जानकारी दिए । काभ्रे, ललितपुर, भक्तपुर र काठमाण्डौमा रहेका वंगुर फर्महरुबाट वंगुर किन्ने भनि झुक्याई वंगुर लिई फरार भएका थिए ।  

आरोपीतविरुद्ध ४४ लाख ठगेर भागेको उजुरी परेको छ । आइतवार जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्रकारल सम्मेलन गरी लामा लाई सार्वजनिक गरिएको थियो । लामा विरुद्द काभ्रे, ललितपुर र भक्तपुरमा समेत उजुरी परेको ।  लामाले अन्य स्थानमा समेत ठगी गरेको हुन सक्ने प्रहरीले बताएको छ । लामाबाट कोहि पीडित अथवा ठगी परेको भए प्रहरीमा सम्पर्क गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।