नबिल बैंकले पायो ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ को सम्मान

नबिल बैंकले पायो ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ को सम्मान


बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक लिमिटेड बैंक तथा वित्तीय संस्था विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरशिप एकेडेमीले शुक्रबार आयोजित ‘सेल्स समिट’ कार्यक्रममा नबिल बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।

कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसका अध्यक्ष सुनिल केसीले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

मर्जर एक्विजिसन पश्चातका वर्षहरुमा बैंकहरुमा हुने समायोजनका कारण व्यवसाय वृद्धिमा असर पर्ने सामान्य अवस्था भन्दा भिन्न हिसाबले नबिल बैंकले आर्थिक वर्ष २०७९/८० मा बैंकिङ्ग क्षेत्रकै सबैभन्दा बढी व्यवसाय वृद्धि गर्न सफल गरेकाले यो अवार्डमा छनौट भएको आयोजकको भनाई छ ।

उक्त कार्यक्रममा नबिललगायत ११ संस्था र १० व्यक्तिलाई सेल्स र मार्केटिङ्गको विभिन्न विधामा अवार्डबाट सम्मानित गरेको थियो ।

नबिल बैंकले १८ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।