मैले साइन गरेको नोट फ्रेममा रहोस्, हाम्रो कारोबारको सेटलमेन्ट डिजिटल होस: गर्भनर अधिकारी

मैले साइन गरेको नोट फ्रेममा रहोस्, हाम्रो कारोबारको सेटलमेन्ट डिजिटल होस: गर्भनर अधिकारी


बैंकिङ्ग समाचार, काठमाडौं।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले साइन गरेको नोट फ्रेममा हुनुपर्ने र कारोबारको सेटलमेन्ट डिजिटल हुनुुपर्ने धारण व्यक्त गरेका छन् । 

नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ७ः२५ बजे सञ्चालन हुने वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम सुरुआत गर्दै गभर्नर अधिकारीले यस्तो धारणा व्यक्त गरेका हुन । ‘आजभोली नोटहरुबाट भन्दा पनि मोबाइमार्फत धेरै भुक्तानी हुन थालेको छ। म एउटा नेपाली नोट फिजिकल करेन्सीमा  सहि गर्ने गभर्नर मध्येको एउटा गभर्नर हु। मेरो कामना के हो भन्दा त्यो साइन गरेको नोट फ्रेममा रहोस् ,हाम्रो कारोवार र कारोवारको सेटलमेन्ट डिजिटल होस भन्ने कामना मैले गर्दै आएको छु’,उनले भने ।

यस्तै गर्भनर अधिकारीले प्रविधिको विकाससँगै आम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी रहेको बताएका छन् । कार्यक्रम सुरुआत गर्दै गभर्नर अधिकारीले कम्युटर र मोबाइलमार्फत हुने भुक्तानी बढ्दै गएको अवस्थामा आम जनमानसमा पनि वित्तीय साक्षरता बढाउन आवश्यक रहेको धारणा राखे । ’प्रविधिको विकाससँगै बैंक तथा वित्तीय क्षेत्रले नयाँ सेवा सुरुआत गरेका छन्, ती सेवा र विशेषताबारे आम जनमानसबीच जानकारी गराउनका लागि वित्तीय साक्षरता कार्यक्रमले सहयोग पुग्ने विश्वास नेपाल राष्ट्र बैँकले लिएको छ’, उनले भने । बैंक र व्यवसायीबीचको असमझदारी कम गर्न पनि यस्ता कार्यक्रम सहयोगी बन्ने उनको भनाइ छ । राष्ट्र बैंकले वित्तीय साक्षरतासम्बन्धी नयाँ मार्गनिर्देशन तयार गरेर अगाडि बढेको जानकारी दिए ।