नागरिक लगानी कोष कर्मचारी संघमा नयाँ कार्यसमितिको चयन

नागरिक लगानी कोष कर्मचारी संघमा नयाँ कार्यसमितिको चयन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नागरिक लगानी कोषको नेपाल वित्तीय संस्था कर्मचारी संघमा नयाँ कार्यसमितिको चयन भएको छ । राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनद्धारा नयाँ कार्यसमिति चयन गरिएको हो । 

उक्त अधिवेशनले कार्यसमितिको अध्यक्षमा अच्युतम पौडेल, उपाध्यक्षमा शान्ता ढुंगाना, महासचिवमा सूर्य प्रसाद दहाल, उप महासचिवमा अनिल बस्नेत र कोषाध्यक्ष्मा बिमलेश यादवलाई चयन गरेको छ । 
त्यसैगरी सदस्यहरुमा प्रदिप अधिकारी, सल्यान के.सी,  निशा खतिवडा, रविन बि.क, प्रकाश गौतम रहेका छन् । महिला संयोजकमा मिनाक्षी पन्त र युवा संयोजकमा नरेन्द्र सुनार रहेका छन् । 

उक्त अधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सह–महामन्त्री तथा सांसद बद्रि पाण्डेले संबोधन गरेका थिए । त्यसैगरी, बिषेश अतिथीको रुपमा नेपाल ट्रेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्र कुंवरले ट्रेड युनियनको भुमिका वारे धारणा राखेका थिए ।