माछापुच्छ्रे बैंकले ल्यायो ‘प्रायोरिटी एयरपोर्ट लाउन्ज’ पास, विश्वका १४ सय विमानस्थलमा विशेष सुविधा

माछापुच्छ्रे बैंकले ल्यायो ‘प्रायोरिटी एयरपोर्ट लाउन्ज’ पास, विश्वका १४ सय विमानस्थलमा विशेष सुविधा


बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंक लिमिटेडले ‘प्रायोरिटी एयरपोर्ट लाउन्ज पास’ सुविधा ल्याएको छ, जसअन्तर्गत प्रायोरिटी एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा उक्त पासको प्रयोग गरी सरल र सहज तरीकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्नेछन् ।

यो पास सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा भएको बैंकको भनाइ छ । यसअन्तर्गत कोलिन्सन ग्रुप, युकेले व्यवस्थापन गरेको संसारभरका १४० भन्दा बढी देशका ६६० शहरमा रहेका १४ सयभन्दा बढी विमानस्थलमा रहेका ‘एयरपोर्ट लाउन्ज’मा प्रिमियम लाउन्जको सुविधा लिन सकिनेछ । प्रायोरिटी पासले उडान गर्नुअघि एयरपोर्ट लाउन्जमा आराम गर्न र नि:शुल्क खाना तथा खाजाको आनन्द लिन, वाइफाइ सेवा प्रयोग गर्न लगायत अन्य अतिरिक्त सुविधा प्रदान गर्ने बताइएको छ ।

प्रायोरिटी पासले उडान गर्नु अघि, एयरपोर्ट लाउन्जेज अनुसार सोफामा आराम गर्न र निशुल्क खाना तथा खाजाको आनन्द लिन वा नि:शुल्क वाईफाई प्रयोग गर्न लगायत अन्य अतिरिक्त सुविधाहरु सहित लाउन्जको अनुभव प्रदान गर्ने बैंकले जनाएको छ ।