आइएमई पेले ल्यायो एसिया कप क्रिकेट लक्षित ‘विकेट टु विन’ अफर

आइएमई पेले ल्यायो एसिया कप क्रिकेट लक्षित ‘विकेट टु विन’ अफर


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै “विकेट टु विन – Wicket to Win” अफर सार्वजनिक गरेको छ ।

यही भदौ ८ देखी भदौ १२ सम्म, ५ दिनसम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा ‘ASIACUP’ प्रोमो कोडको प्रयोग गरी रु. १५० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै यस अफरमा सहभागी हुनुहुने ग्राहक मध्ये भाग्यशाली एक जनाले डिशहोमको फाइबर नेटको एक वर्षको निशुल्क सब्सक्रिप्सन (Subscription) पनि जित्न सक्नेछन् । यो अफरले क्रिकेट प्रेमी दर्शकको उत्साहलाई थप उर्जा प्रदान गर्ने विश्वास लिएको आइएमई पे का सीइओ प्रवीण रेग्मीले बताए ।