एसीडीएन र भारतको केपीएमजी बीच सम्झौता ,सिकाइ र विकासलाई व्यापक रुपमा सञ्चालन गर्ने उदेश्य

एसीडीएन र भारतको केपीएमजी बीच सम्झौता ,सिकाइ र विकासलाई व्यापक रुपमा सञ्चालन गर्ने उदेश्य

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 
एकेडेमी अफ क्यापासीटी डेभलपमेन्ट  (ACDN)  र भारतको अग्रणी व्यावसायीक संस्था केपीएमजी (KPMg\\ In India)बीच सम्झौता भएको छ  ।

एकेडेमी अफ क्यापासीटी डेभलपमेन्ट अफ नेपाल र भारतको केपीएमजी वित्त तथा लेखा व्यवसायीक सहकार्य तथा डिजिटल विषण लगायतको क्षेत्रमा गतिशील सिकाइ र क्षमता विकासका कार्यक्रमहरू संयुक्त रुपमा सञ्चालन गर्न सम्झौता  भएको हो । 

क्षमता विकास कोर्षहरु सञ्चालन गरि व्यक्तिगत र संस्थागत सीप तथा ज्ञान वृद्धि गर्नु सम्झौताको प्रमुख उद्देश्य रहेको छ । सम्झौताले नेपालको वित्त तथा लेखा प्रणाली क्षेत्रको निरन्तर सिकाइ र क्षमता अभिवृद्धिको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने छ । 

सम्झौतामा केपीएमजी का तर्फबाट शुभ्रो भट्टाचार्य र एसीडीएनका तर्फबाट संस्थाका प्रबन्ध निर्देशक नारायण सुन्दर सिल्पकारले हस्ताक्षर गरेका छन् ।  

सम्झौता अन्तर्गत सिकाइ विकास र प्रवाहमा विज्ञको रुपमा परिचित केपीएफजीले  वित्त तथा डिजिटल क्षेत्रमा लामो अनुभव भएका विशेषज्ञहरुको समूहले स्थापना गरेको नेपालको प्रमुख प्रशिक्षण संस्थाहरू मध्ये एक, एकेडेमी  अफ क्यापासीटी डेभलपमेन्ट अफ नेपाल सँग सहकार्य गर्ने छ । यस सहकार्यको मूख्य उद्देश्य नेपालमा  वित्त तथा लेखा, व्यवसायी सहकार्य तथा डिजिटल विश्लेषण लगायतको क्षेत्रमा क्षमता विकासको विभिन्न कोर्षहरुको सञ्चालन गराउने रहेको छ । 

सम्झौता बारे टिप्पणी गर्दै, एसीडिएनका प्रबन्ध निर्देशक शिल्पकारले  एसीडीएन बीचको सहकार्यले नेपालको सिकाइ र क्षमता अभिवृद्धि परिदृश्यमा गहिरो प्रभाव पार्ने लक्ष्य राखेको बताएका छन् । 

‘दुवै संस्थाको सामूहिक विशेषज्ञता र स्रोतहरू प्रयोग गरेर यस समझदारीले तालिम प्रदान गर्ने लक्ष्य राखेको छ । साथै, यस समझदारीले मापनयोग्य सीपहरू, परिणाममुखी सिकाइ कार्यक्रमहरू र वास्तविक विश्वस्तरका आवश्यकताहरू सम्बोधन गरि  व्यक्ति र संस्थाहरूलाइ आफ्नो दक्षता बढाउन र राष्ट्रको विकास र सफलतामा योगदान दिन क्षमता प्रदान गर्नेछ ।’ उनले भने । 

सञ्चालन गरिने कार्यक्रमहरुमा प्रशिक्षार्थीहरूले केपीएमजी भारतका व्यवसायीक अभ्यास गर्ने विज्ञहरुद्धारा शतप्रतिशत प्रत्यक्ष रुपमा दिइने कक्षाहरुमा सहभागी हुन पाउनेछन् । 

सम्झौता बारे बोल्दै केपीएमजी भारत का एसोसियट पार्टनर सुभ्रो भट्टचार्यले एसीडीएनसँग पार्टनसीप गर्न पाउँदा उत्साहित भएको बताए । 

‘एसीडीएनसँग पार्टनसीप गर्न पाउँदा उत्साहित भएका छौं र हाम्रो सहभागिताले नेपालमा सीपको अभावलाई पुर्ती गर्ने पुलको रुपमा सहयोग गर्ने छ । हाम्रा कार्यक्रमहरु लक्षित वर्गको आवश्यकताअनुसार निर्माण गरिएका छन् । हाम्रा कार्यक्रमद्धारा वर्तमान व्यवसायीक वातावरण अनुकुल परिवर्तन हुन सक्ने गरी क्षमतायुक्त जनशक्ति निर्माण गर्ने प्रयास गर्ने छौं ।’ उनले भने । 

एसीडीएन वभिन्न क्षेत्रहरूमा गहन अनुभव भएका विज्ञद्धारा स्थापित नेपालको प्रमुख प्रशिक्षण संस्थाहरू मध्ये एक संस्था हो । यसले व्यक्तिगत र संस्थागत रुपमा प्रशिक्षार्र्थीहरूको सीप र ज्ञान वृद्धि गर्न उच्च गुणस्तर, व्यापक र अनुकूल प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।