अवैध रुपमा लुकाई छिपाई विदेश लैजान लागेको ८ लाख ५० हजार नेपाली रुपैयाँसहित फिलिपिन्स नागरिक प्रकाउ

अवैध रुपमा लुकाई छिपाई विदेश लैजान लागेको ८ लाख ५० हजार नेपाली रुपैयाँसहित फिलिपिन्स नागरिक प्रकाउ


बैंकिङ्ग समाचार, काठमाडौं ।
अवैध रुपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित  एक फिलिपिन्स नागरिक प्रकाउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको ३१ थान, २० दरको ५ थान गरी जम्मा ३ हजार २ सय अमेरिकी डलर र १ हजार दरको ३ सय थान, ५ सय दरको ११ सय थान गरी ८ लाख ५० हजार नेपाली रुपैयाँसहित फिलिपिन्सका नागरिक ३२ वर्षीय ARSENIO JR. MESA लाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त मुद्रासहित फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।