इन्जिनियरिङ्ग अध्ययन संस्थानले किन बढायो दोब्बर शुल्क ? इन्जिनियरिङ्ग क्याम्पस चलाउनै नसकिने अवस्थामा

इन्जिनियरिङ्ग अध्ययन संस्थानले किन बढायो दोब्बर शुल्क ? इन्जिनियरिङ्ग क्याम्पस चलाउनै नसकिने अवस्थामा


ज्ञानु श्रेष्ठ ,काठमाडौं । 

त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ्ग अध्ययन संस्था(आईओई)ले बिए तर्फको शुल्क मनोमानी रुपमा दोब्बर मूल्यमा बढाएको भन्दै विधार्थीहरु आन्दोलमा उत्रिएका छन् । 

\"\"

गत साउन २५ को निर्णयअनुसार भन्दै भदौ ४ मा सूचना निकालेर संस्थानले आंगिक क्याम्पस स्नातक तह (बी.ई, र  बी.आर्क)को शुल्क वृद्धि गरेपछि विद्यार्थीले विरोध गरेका हुन्। शुल्क वृद्धि  फिर्ताको मागसहित नेविसंघ पुल्चोक क्याम्पसका नेता सुलभ चापागाईं केहीदिन देखी अनशन नै बसेका छन्। उनका अनसनलाई विभिन्न विधार्थी सङ्गठनहरुले समेत ऐक्यबद्धता जनाएको छ ।

\"\"

विभिन्न विद्यार्थी सङ्गठनहरूले कलेज प्रशासन भवनमा ताला लगाउनुका साथै विरोध र्‍याली निकालेका छन् । उनीहरूले ‘गरिबका छोराछोरी पढ्न दे’,‘शिक्षामा व्यापारीकरण बन्द गर्’,‘शुल्क वृद्धि खारेज गर्’ लगायतका नारा लगाउँदै विरोध जनाएका छन् ।  

\"\"

यसअघि लिँदै आएको तीन लाख १८ हजार शुल्कबाट एकैपटक साढे चार लाख रुपैयाँ बढाएर आईओईले सात लाख ७५ हजार ४२० रुपैयाँ पुर्‍याएको छ ।आइओईले यसरी आफू खुशी बढाएको मुल्य तुरुन्तै खारेज गर्नुपर्ने उनीहरूको माग छ । 

आईओईले शुल्क फिर्ता नगरेसम्म आफ्नो विरोध प्रदर्शन जारी राख्ने विद्यार्थी नेताहरूले बताएका छन् । आईओईले यसै शैक्षिक सत्रबाट लागू हुने गरी स्नातक तहका इन्जिनियरिङ विषयहरूको शुल्क बढाएको छ । २०५३ सालमा निर्धारण भएको शुल्क हालसम्म कायम हुँदा क्याम्पस चलाउनै नसकिने अवस्था आएपछि मात्र बढाउनु परेको आईओईले जनाएको छ । पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस, धरान, पश्चिमाञ्चल क्याम्पस, पोखरा गरी ४ ठाउँमा आंगिक क्याम्पस रहेको छ ।

त्यस्तै पुल्चोक क्याम्पस ललितपुरको स्वतन्त्र विद्यार्थी युनियनले एक विज्ञप्ति जारी गर्दै आईओईको शुल्क वृद्धि मान्य नभएको बताएको छ। सुविधा तथा गुणस्तर वृद्धि नगरी एकैचोटी शुल्क वृद्धि गर्नु विद्यार्थीको हकहित विरुद्ध भएको स्ववियूको ठहर छ। आईओईले शुल्क फिर्ता नगरे जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको विद्यार्थी संठगनहरूले चेतावनी दिएका छन् ।

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"