मेरो माइक्रोफाइनान्स लघुवित्तको सीईओमा रामहरि दाहालको पुनः नियुक्ती

मेरो माइक्रोफाइनान्स लघुवित्तको सीईओमा रामहरि दाहालको पुनः नियुक्ती


बैंकिङ्ग समाचार, काठमाडौं ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रामहरि दाहाल नियुक्त भएका छन् ।

कम्पनीकोे सञ्चालक समितिको बिहिवार बसेको १४४ औं सञ्चालक समितिको बैठकले सीईओमा पुनः दाहाललाई नियुक्त गर्ने निर्णय गरेको हो । असोज १ गतेदेखि लागू हुने गरी दाहाललाई पुनः ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको हो ।

दाहाल हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।  उनको कार्यकाल यही भदौ मसान्तमा समाप्त हुँदैछ ।

साथै, कम्पनीको स्वतन्त्र संचालकमा आयुष ओझालाई आगामी ४ बर्षको कार्यकाल रहने गरि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।