देशको आर्थिक विकासका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको राष्ट्रपति पौडेलको भनाई 

देशको आर्थिक विकासका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको राष्ट्रपति पौडेलको भनाई 

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनकरूपमा भएमात्र देशको आर्थिक विकास सम्भव हुने बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिसँगको भेटमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । 

उनले विद्यमान आर्थिक अवस्था सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको पनि बताएका छन् । 

उनले यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक रहेको बताएका छन् । नेपालको अर्थव्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै उनले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको धारणा राखे । 

उद्योगी व्यवसायीहरूले अहिले असजिलो परिस्थितिको सामना गरिरहनुपरेको यथार्थबारे आफु अनभिज्ञ नरहेको पनि पौडलले स्पष्ट पारेका छन् ।