हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई २० लाख आर्थिक सहयोग

हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई २० लाख आर्थिक सहयोग


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंक लिमिटेडले महाराजगंज स्थित कान्ति बाल अस्पताललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. २० लाख आर्थिक सहयोग प्रदान गरेको छ । 

बैंकले प्रदान गरेको उक्त रकम कान्ति बाल अस्पतालले आफ्नो मुख्य प्रवेश द्वार निर्माण गर्न तथा अस्पताल हाता भित्र रहेको बाल उद्यान तथा त्यस वरपरको क्षेत्रको सौन्दर्यीकरण गर्न खर्च गर्ने जनाएको छ । 

कान्ति बाल अस्पतालमा आज आयोजित एक समारोहका बिच उक्त रकम प्रदान गर्ने सहमति भएको हो । 

सो समारोहमा बैंकका तर्फ बाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष डा. बाबुराम गौतमलाई उक्त प्रतिबद्धता पत्र प्रदान गरेका थिए । सो अवसरमा अस्पतालका निर्देशक डा. युबानिधि बसौला, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडा, विजयमान नकर्मी, बैंकका महाराजगंज शाखाका प्रमुख अभय बहादुर शाह लगायत बैंकका र अस्पतालका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

प्रमुख कार्यकारी अधिकृत राणाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा विगतका वर्षहरुमा पनि सहयोग गर्दै आइरहेको तथा भविष्यमा पनि समाजको अति आवश्यक क्षेत्रमा निरन्तर सहयोग प्रदान गर्ने बताएका छन् । अस्पताल विकास समितिका अध्यक्ष गौतमले बैंकले कान्ति बाल अस्पताललाई प्रवेशद्वार निर्माण तथा उद्यानको सौन्दर्यीकरणको लागि गरेको आर्थिक सहयोगको लागि धन्यवाद प्रदान गरेका थिए । 

\"\"